काठमाडौं । देशभर फैलिएको जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवा समेत कुटपिटको शिकार बनेका छन् ।

आन्दोलनमा उत्रिएका उग्र युवाहरूले सिंहदरबार, संसद् भवनलगायत शीर्ष नेताहरूका निवासमा आक्रमण गर्दै आगजनी गरेका छन् । साथै पार्टी कार्यालयहरू, प्रहरी प्रभाग र अन्य सरकारी संरचनामा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।

आन्दोलन चर्किएसँगै काठमाडौं उपत्यका मात्र नभई विभिन्न जिल्लाहरूमा समेत व्यापक प्रदर्शन भइरहेको छ । सुरक्षाकर्मीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिन खोजेपनि नियन्त्रणभन्दा बाहिर जाने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0