धादिङ ,२०८३ असोज २

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर नजिक सडक हिलाम्मे भएपछि सवारी आवागमन प्रभावित भएको छ। सडकमा ग्राभेल हाल्ने काम भइरहेका कारण सडक चिप्लो बनेपछि सवारीसाधन सञ्चालनमा कठिनाइ भएको हो।

कृष्णभीर क्षेत्रमा केही सवारीसाधन हिलोमा फसेपछि फिस्लिङमै सवारी रोकिएका छन्। जसका कारण फिस्लिङ क्षेत्रमा सवारीसाधनको चाप बढेको हाम्रा सम्बाददाता बिश्वास सिलवालले बताउनुभयो ।

सडक स्तरोन्नतिको काम भइरहे पनि हिलोका कारण यात्रु तथा चालकले सास्ती व्यहोर्नुपरेको छ। सडकमा ग्राभेल हाल्ने काम छिटो सम्पन्न गरी सहज रूपमा यातायात सञ्चालन गर्ने व्यवस्था गर्न यात्रुले माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0