धादिङ । हरिबोधनी एकादशीको अवसरमा धादिङको गंगाजमुना गाउँपालिकाले मंसिर ३ र ४ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले गंगाजमुना माई परिसरमा लाग्ने परम्परागत हरिबोधनी एकादशी मेलाको अवसरमा गाउँपालिकाभित्रका सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाद्वारा जारी सूचनाअनुसार गाउँपालिकाको २०८३ कात्तिक ३० गतेको निर्णयबमोजिम मंसिर ३ र ४ गते सार्वजनिक बिदा दिइनेछ।
गंगाजमुना गाउँपालिकाको नामकरण भएको ऐतिहासिक तथा पर्यटकीय स्थल गंगाजमुना माई परिसरमा आदिम कालदेखि हरिबोधनी एकादशीका अवसरमा मेला लाग्दै आएको छ। सार्वजनिक बिदाका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति गाउँपालिकाले क्षमायाचना गर्दै मेला सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबैमा अनुरोध गरेको छ।










तपाईंको प्रतिक्रिया
Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।