आइतवार, ६ मंसिर २०८३

अत्यधिक रक्तश्राव भएपछि खनियाबासकी शिक्षिका निर्मला तामाङको हेलिकप्टरमार्फत उद्धार

८४ पटक पढिएको
५ सेयर
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

धादिङ , खनियाबास झार्लाङ २०८३ मंसिर ४ गते

अत्यधिक रक्तश्रावका कारण गम्भीर अवस्थामा पुगेकी खनियाबास गाउँपालिका–१ की गर्भवती महिला निर्मला तामाङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ।

साविक झार्लाङस्थित सिङ्गला देवी माध्यमिक विद्यालयमा बालविकास शिक्षिकाका रूपमा कार्यरत तामाङको स्वास्थ्यमा जटिलता देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

झार्लाङ स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षणका क्रममा समस्याको जटिलता पहिचान भएपछि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा निःशुल्क हेलिकप्टरको व्यवस्था गरिएको थियो। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको संघीय हवाई उद्धार सेवाबाट समेत हेलिकप्टर तयारी अवस्थामा राखिएको थियो ।

झार्लाङबाट शिक्षक सुवास विकले दिएको जानकारीअनुसार आज शिक्षिका तामाङलाई उपचारका लागि सुरक्षित रूपमा काठमाडौँ पुर्‍याइएको हो। खनियाबास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आइतबहादुर तामाङका अनुसार हाल उहाँको काठमाडौँमा उपचार भइरहेको छ।

समयमै स्वास्थ्य समस्याको जटिलता पहिचान गरी हवाई उद्धारको व्यवस्था गरिएकाले थप जोखिमबाट बचाउन सहयोग पुगेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।