आइतवार, ६ मंसिर २०८३

नीलकण्ठ बहुमुखी क्याम्पसको २७औँ वार्षिकोत्सव सम्पन्न, ३३ जनाद्वारा रक्तदान

१० पटक पढिएको
२ सेयर
WhatsApp Viber X
२ मिनेट पढाइ
अक्षर:

 

धादिङ , २०८३ मंसिर ६ गते

नीलकण्ठ बहुमुखी क्याम्पसको २७औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा खुला रक्तदान, अभिभावक भेला तथा विभिन्न जातजातिका मौलिक भेषभूषा प्रदर्शनलगायतका कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमअन्तर्गत क्याम्पसमा गठित युवा रेडक्रस सर्कलको आयोजनामा सम्पन्न खुला रक्तदान कार्यक्रममा ६ जना महिला र २७ जना पुरुष गरी जम्मा ३३ जनाले रक्तदान गरेका छन्।

त्यसैगरी, नेपाली समाजमा रहेका विभिन्न जातजातिको मौलिक संस्कृति र पहिचान झल्काउने उद्देश्यले नेवार, मगर, गुरुङ, ब्राह्मण तथा क्षेत्री समुदायका मौलिक पोशाक प्रदर्शन गरिएको थियो। पोशाक प्रदर्शनमा नेवारी समुदायको प्रस्तुति उत्कृष्ट घोषित भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटी रहनुभएको थियो। कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठ, धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामनाथ अधिकारी, नेपाली कांग्रेस धादिङका पूर्वसभापति एवं केन्द्रीय सदस्य रमेशप्रसाद धमला, नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गाना, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शम्भुकुमार श्रेष्ठ तथा नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख डा. मुरारी अधिकारीलगायतको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवकै अवसरमा क्याम्पसमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। जसअन्तर्गत नवराज शर्मालाई उत्कृष्ट वर्ष प्राध्यापक सम्मान प्रदान गरिएको थियो भने मोहन प्याकुरेललाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो। त्यसैगरी, पूर्व प्राध्यापक देवीप्रसाद अधिकारीलाई समेत सम्मान गरिएको थियो। साथै, स्नातक तह (ब्याचलर) चौथो वर्षमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।

२७औँ वार्षिकोत्सवले क्याम्पसको शैक्षिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई थप प्रोत्साहन गर्नुका साथै विद्यार्थी, अभिभावक, प्राध्यापक र समुदायबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।