आज बुद्ध जयन्ती

सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्यवंशका राजा थिए। रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो ।

धादिङ- । शान्तिका अग्रदुत भगवान सिद्धार्थ गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । सिद्धार्थ बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको लुम्विनि प्रदेश रूपन्देही जिल्लाको तिलौराकोटमा भएको हो । आमा माया देवी र बुबा शुद्धोधनको कोखबाट जन्मेका हुन् ।

सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्यवंशका राजा थिए। रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो । राज परिवारमा जन्मेको हुनाले उनको बाल्यकाल सुखद नै रह्यो । गौतम बुद्ध १६ उमेर पुगेपछि उनको बिवाह यशोधरा नामकी राजकुमारी सँग भयो । यशोधराबाट राहुल नामको एक पुत्रको पनि जन्म भएको थियो ।

एकदिन गौतम बुद्ध एक सहयोगीका साथ घोडा चढेर संसार बुझ्नका लागि दरबारबाट बाहिर निस्किए । यो कुरा उनको परिवार कसैलाई पनि चित्त बुझेको थिएन । त्यही भएर उनी सुटुक्ट बाहिर निस्किए । बाहिर निस्किँदा बाटोमा गरिबले मागिरहेको, बुढो मान्छो लठ्ठी टेकेर हिँडिरहेको र मान्छे मरेर घाटमा लगिरहेको देखे ।

कहिल्यै दरबारबाट बाहिर ननिस्केका बुद्धलाई सहयोगीले बाटोमा देखिएका दृश्यहरुका बारेमा जानकारी गराए । त्यतिबेलामात्र बुद्धलाई थाहा भयो, मान्छे जन्मेपछि विरामी हुन्छ, बुढो हुन्छ र मर्नुपर्छ भन्ने । त्यसपछि उनलाई मान्छे किन विरामी हुन्छ, किन दुख पाउँछ, सुख पाउन के गर्नुपर्छ, किन मर्नुपर्छ ? भन्ने जान्न मन लाग्यो । त्यही ज्ञानको खोजीमा उनी तपस्यामा लीन भए ।

ज्ञानको खोजिमा उनी भारत तिर लागे । बैशाख पुर्णिमाको दिन भारतको बोधगयामा सिद्धाथ गौतमले बुद्धत्व प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0