सोमवार, ७ मंसिर २०८३

तनहु दुर्घटना : १४ जनाको शव निकालियाे भने १६ जना घाइतेलाई उद्धार

४९ पटक पढिएको
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

काठमाडौं : पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको  भारतीय बस आँबुखैरेनी गाउँपालिका २ ऐनापहरा नजिक सडकबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएकाे छ।

तनहुँकाे मर्स्याङ्दी नदीमा बस खसेर भएको दुर्घटनामा १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।

अहिले मध्यान्ह १२ :५५ बजेसम्ममा १४ जनाको शव घटनास्थलबाट निकालिएको छ भने १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ। अहिले पनि उद्वारकार्य जारी छ ।

दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले जानुपर्ने अवस्था छ।

बसमा ४० जना यात्रु सवार रहेको अनुमान गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।