धादिङ । माघी पर्वको अवसर पारी नीलकण्ठ नगरपालिका वडा नम्बर १ जामुनेमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ।

माघी पर्व मनाउ आफ्नो कला संस्कृति जोगाउँ भन्ने मूल नाराका साथ सृजनशील आमा समूह निलकण्ठ नगरपालिका १ जामुनेको आयोजनामा माघ ३ गते शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको सृजनशील आमा समूहका अध्यक्ष चमेली मगरले बताउनुभयो।

कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष लोकगायिका रिता थापा मगर, भुपराज मगर  लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने सृजनशील आमा समूहले जानकारी दिएको छ। माघी पर्वको अवसरमा आयोजित  बृहत सांस्कृतिक कार्यक्रम जामुनी आधारभूत विद्यालय निलकण्ठ एक जामुनेमा हुने आयोजकले जनाएको छ। वृहत सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूले कौरा सालैजु लगायतको नृत्यहरू प्रस्तुत गर्ने र स्थानीय मगर परिकार मगर भेषभुषाहरूको प्रदर्शनी समेत रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0