ईश्वर थापा मगर
धादिङ ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धादिङको अध्यक्षमा पुन: अर्जुन श्रेष्ठ निर्वाचित हुनुभएकाे छ ।

बिहिवार धादिङबेसीमा भएकाे पाँचौ जिल्ला अधिवेशनबाट अर्जुन श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित हुनुभएकाे हाे ।

त्यसै गरि उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा विरमान तामाङ, सहसचिवमा रचना श्रेष्ठ, कोषाध्यक्षमा दिलिप श्रेष्ठ  निर्वाचित हुनुभएकाे छ ।

त्यस्तै सदस्यहरु ईश्वर थापा मगर,  सनिता चेपाङ, गजेन्द्र गुरुङ, भुवन महर्जन, विकल चेपाङ, रिता कुमारी मगर (चिनो)  निर्वाचित हुनुभएकाे छ ।

अधिवेशनले संघीय प्रतिनिधिमा शंकर श्रेष्ठ,  सरिता श्रेष्ठ, काजी श्रेष्ठ, निरमाया तामाङ(डोल्मा मम्बा) निर्वाचित हुनुभयाे ।

यसैगरि  प्रदेश प्रतिनिधि परिषद सदस्यमा सन्तोष राज श्रेष्ठ, रेख बहादुर गुरुङ, नीर बहादुर तामाङ, लक्ष्मी भुजेल, लक्ष्मी शाक्य, विनोद तमु, अशोक श्रेष्ठ निर्वाचित हुनुभयाे ।

आदिवासी जनजाति महासंघ धादिङका संस्थापक अध्यक्ष हरिशंकर गिदेल मगरकाे प्रमुख आतिथ्यमा भएकाे उद्घाटन समाराेहमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सीताराम अधिकारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश सचिव काजी श्रेष्ठ, फोनिजका बागमती प्रदेश काेषाध्यक्ष शंकर श्रेष्ठ, तामाङ पत्रकार संघका जिल्ला अध्यक्ष नीर तामाङ, प्रेस युनियनका जिल्ला अध्यक्ष सन्ताेषराज श्रेष्ठले शुभकामना व्यक्त गर्नुभयाे ।

निर्वाचित भए पश्चात व्यवसायिक र पेशागत सुरक्षाका लाग्दै सम्पुर्ण आदिवासी जनजाती पत्रकारहरुलाई समेटेर लैजाने प्रतिवद्धता निर्वाचित अध्यक्ष अर्जुन श्रेष्ठले व्यक्त गर्नुभयाे ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धादिङकाे लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखाले १० हजार बराबर सहयाेग उपलब्ध गराउने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले प्रतिव्द्धता व्यक्त गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0