Screenshot

धादिङबेशी । लायन्स क्लब अफ धादिङ भैरेवीको आयोजनामा बेनिघाट रोराङ गाउँपालिका वडा न २ मा रहेको पन्चकन्या आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा, स्टेशनरी,एवं पानीको धारा सहितको जार बितरण र सामान्य स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन नेपाल, नेशनल लघुबित्त संस्था मझिमटार,नेपाल मानव अधिकार संगठन धादिङ र कृतिगंगा मेडिकल सेन्टर काठमाण्डौको समन्वयमा उक्त बिद्यालयका ६० जना बिद्यार्थीहरुलाई सहयोग सामाग्री हस्तान्तरण सहित स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

सहयोग सामाग्री हस्तान्तरण समारोहमा बेनिघाट रोराङ गाउँपालिका वडा न २ का वडा अध्यक्ष हेमराज भुजेल, लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेल, मानव अधिकार संगठन धादिङका अध्यक्ष कृष्णराज अधिकारी,बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन नेपालका अध्यक्ष डा. राम थापा क्षेत्री , जिल्ला प्रशासन कार्यालय धादिङका प्रसाकिय अधिकृत छ्त्र ब  अधिकार ,  प्रकाश  सापकोटा,  बालकृष्ण नेपाली , महेश रिजाल , आदिको आतिथ्य ता  रहेको थियो ।

बिद्यालयमा अध्ययनरत बालबालिकाको डा. राम थापा क्षेत्रीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टिमले स्वास्थ्य परिक्षण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0