धादिङ । धादिङको एकमात्र ऐतिहासिक गढीको रूपमा रहेको बेनीघाट रोराङ वडा नम्बर २ मा अवस्थित कान्द्राङगढीमा धादिङका नागरिकहरूले राष्ट्रिय झण्डा फहराएका छन्।
राष्ट्रिय एकता दिवसको अवसर पारी बगाले थापा क्षेत्री फाउन्डेसन को नेतृत्वमा नेपाल मानव अधिकार संगठन धादिङ लायन्स क्लब अफ धादिङ भैरवी को समन्वयमा राष्ट्रिय झण्डा झण्डोतलन गरिएको हो ।
बेनिघाट रोराङ गाउँपालिका वडा न २ का वडा अध्यक्ष हेमराज भुजेल,जिल्ला प्रशासन कार्यालय धादिङका प्रसाशकिय अधिकृत छत्र शाही, समाजसेवी कृष्णबद्री पौडेल,कृष्णराज अधिकारी,वालकृष्ण नेपाली , निजामती कर्मचारी युनियन धादिङका अध्यक्ष प्रकाश सापकोटा, स्वास्थ्यकर्मी डा. राम थापा क्षेत्री, बेनीघाट रोराङ वडा नम्बर २ का पूर्व अध्यक्ष टंक थापा, स्थानीय समाजसेवी रेष्टन कँडेल, स्थानीय व्यक्तित्वहरू, पत्रकारहरू लगाएतको टोलीले उक्त स्थानमा राष्ट्रिय झण्डा फराई राष्ट्रिय एकता दिवस मनाईएको कृष्ण बद्री पौडेलले त्रिकोण खबरलाई जानकारी दिनुभयो ।
उक्त कान्द्राङगडी लगाएत मासखर्क क्षेत्रमा जग्गा धनी लालपुर्जा चितवन जिल्लामा रहेको तिरोभरो चितवन जिल्लामा बुझाउने गरेको तर उक्त क्षेत्रको बासिन्दाको नागरिकता र मतदाता परिचयपत्र धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिकामा रहेको सो क्षेत्रका स्थानियहरुले बताएका छन् ।






