२०८१ माघ १० :-  धादिङ ।  नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाह निवासी गुप्त बहादुर पौडेलले आफ्नो जन्मदिनमा धादिङको पशुपति माध्यामिक विद्यालयलाई पानीको धारा जडित जार हस्तान्तरण गर्नुभएको छ। आफ्नो ८९ औँ जन्म दिनको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको पशुपित माध्यामिक विद्यालयलाई १५ थान पानीको धारा जडित जार, तथा खेलकुद सामाग्री  फुटबल , नेट , स्पिकिङ डोरी आदि सहयोग  गर्नुभएको हो। ।

बुबाको जन्म दिनमा पुर्वीय दर्शन अनुसार अष्टचिरञ्जीवीको पुजा पाठ गरि मनाउन र वुवाले प्राप्त गर्ने गरेको सामाजिक सुरक्षा भत्ताबाट बिद्यालयलाई सहयोग हस्तान्त्रण गरिएको छाेरा कृष्ण बद्री पौडेलले  वताउनु भयाे ।

यस्ता किसिमको कार्यले सामाजमा सहयोग र पुण्यको कार्य हुने भएकोले आफुले प्राप्त गरेको वृद्धा भत्ता सामाजिक कार्यमा लगाएको वुवा गुप्त वहादुर पौडेलले वताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0