बद्री पौडेल :- काठमाडौ
धादिङको खनियावास गाउँपालिकामा रहेको श्री बच्छला देबी मा.बि भू .पू विद्यार्थी समाज द्वारा तयार पारिएको बच्छला सन्देश नामक पुस्तक (स्मारिका ) एक समारोहका बीच काठमाडौमा बिमोचन गरिएको छ ।

पुस्तक को बारेमा बिस्तृत जानकारी लेखन समितिका सदस्य तथा सल्लाहकार बाबुराम फ्युबाले टिप्पणी सहित पुस्तकको बारेमा चर्चा गर्नु भयो ।यस पुस्तकमा खनियाबास गाउँ पालिकाको ऎतिहासिक बिषय बस्तु, धार्मिक ,पर्यटकीय ठाउँ ,भू.पू विद्यार्थीको विवरण ,लेख,रचना ,कविता ,जग्गा दाताहरुको हस्तलिखित दस्तावेज तमसुक ,बिज्ञापन शुभकामना आदि बिषय समेटिएको छ । भू.पू विद्यार्थी बाट यस्तो सराहनीय कार्य भएकोमा प्रमुख अतिथि ,बिशेष अतिथिहरुले विद्यार्थी समाजलाई धन्यवाद दिनु भयो ,गाउँ पालिकाका अध्यक्ष रण बहादुर तामाङले किताब प्रकाशनको आधा रकम गाउँ पालिकाले ब्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । श्री बच्छलादेबी मा.बि लाई रिजाल परिवारले १०१ रोपनी जग्गा दान दिएको बारेमा चर्चा भयो ।

भू.पू विद्यार्थी समाजका अध्यक्ष बम बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि श्री बच्छलादेबी मा.बि का भू.पू प्रधानाध्यापक श्री मेघनाथ रिजाल हुनुहुन्थ्यो भने बिशेष अतिथिमा भू.पू राज्य मन्त्री परशुराम तामाङ ,खनियाबास गाउँ पालिकाका अध्यक्ष रण बहादुर तामाङ ,बरिस्ठ ईन्जिनियर थल बहादुर तामाङ , अतिथिहरुमा भू.पू प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण नेपाली ,भू.पू शिक्षकहरु,भू.पू विद्यार्थी हरुको सहभागीता रहेको थियो ।

किताब सबैले सजिलोसँग पढ्न पाउन भनि QR राखिएको छ ,डाउन लोड गरी पढ्न सकिने बनाएको छ ,किताब निर्माणमा खटिनु हुने बाबुराम फ्युबालाई सम्मान समेत गरिएको कार्यक्रमको संचालन समाजका सचिव कृष्ण बद्री पौडेलले गर्नु भएको हो ।

Screenshot
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0