धादिङ, भदौ १ ।
हिजो अपराह्न परेको अविरल वर्षाका कारण नीलकण्ठ नगरपालिका–६ भोर्लेमा खोलाले बगाउँदा एक कामदारको मृत्यु भएको छ ।

नीलकण्ठ–५ खण्ड सडकमा कार्यरत चितवन कालिका नगरपालिका सक्तिखोरका करिब २० वर्षीय रविन तामाङ खोलाले बगाएर बेपत्ता भएका थिए । उनलाई केही तल कोशिखोला खड्करेमा बाँसको झ्याङ नजिक मृत अवस्थामा स्थानीयले फेला पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0