बद्री पौडेल , धादिङ २७ मङ्सिर

बेनीघाट रोराङ ,  रोटरी क्लब अफ धादिङले बेनिघाट रोराङ गाउँपालिका–५ स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययनरत १६९ जना असहाय तथा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। क्लबका सदस्यहरूले स्वस्फूर्त रूपमा संकलन गरेको करिब दुई लाख रुपैयाँ बराबरको टिसर्ट र ट्रयाकसुट वितरण गरिएको हो।

कार्यक्रममा रोटरी क्लब अफ धादिङका अध्यक्ष डा. रामचन्द्र रिजालले असहाय बालबालिकालाई न्यानो कपडा वितरण गर्न पाउँदा क्लबका सबै सदस्य अत्यन्त खुशी भएको बताउँदै सामाजिक सेवामा रोटरी सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो त्यसै गरी , Vocational Chair 3292 Rota Year 2025/026  रोटरीयन अशोक कुमार बस्नेतले सामाजिक कार्य तथा बालबालिकाको समग्र विकासमा सबै सरोकारवालाको ध्यान जान आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले समुदायका कमजोर वर्गलाई सहयोग गर्नु रोटरीको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सामाजिक कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनुभयो।

कार्यक्रममा रोटरी क्लब अफ धादिङका संस्थापक अध्यक्ष ध्रुव बहादुर थापा, पूर्व अध्यक्ष अशोक कुमार बस्नेत, कृष्णलाल उप्रेती, रोहित भण्डारी, सुदिप रसाइली, वडा अध्यक्ष रोशन सिलवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी लगायत रोटरीयन तथा रोट्रयाक्टरहरूको उल्लेख्य सहभागिता रहेको थियो।

न्यानो कपडा वितरण कार्यक्रममा रामकुमार डल्लाकोटी, उमेश रूवाली, सन्देश त्रिपाठी, तुलसी थापा, रोहित भण्डारी, अशोक कुमार बस्नेत, तिलक सिंखडा तथा हाल अमेरिका रहनुभएका रोटरीयन रो. रामचन्द्र उप्रेतीको विशेष सहयोग रहेको क्लबले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0