काठमाडौँ , एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले सामाजिक संजाल मार्फत भनाइ राख्दै व्यापारी मीनबहादुर गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिने  कदमले पार्टी सदस्य र मतदाताहरूको अपमान भएको ले तत्काल यो गतल निर्णय सच्चाउन आग्रह गरेकी छिन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरेका थिए । उक्त भवन भाटभटेनी सुपरस्टोरका मीनबहादुर गुरूङले बनाइदिन लागेका हुन् । भवन शिलान्यासमा गुरूङ दम्पत्ति विशेष अतिथिकाे रूपमा सहभागी थिए ।
सत्तारुढ दलकै भवन व्यापारीको प्रत्यक्ष लगानी र सहयोगमा बनाउने निर्णयबारे एमाले भित्र अन्य नेताहरू पनि असन्तुष्ट छन् । यी क्रममा पाण्डेले भने सोमबार सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो धारणा बाहिर ल्याएकी हुन् ।
‘पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो’ उनले भनेकी छन् ।
‘दिनेले किन र कसरी दिए उनैलाई थाहा हेाला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ’ स्थायी कमिटी सदस्य पाण्डले सामाजिक संजालमा उल्लेख गरेकी छिन् ।
एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराई अ।फ्नै लगानी मा पार्टी कार्यालय भवन समेत बनाउने भएका हुन् । एमाले पार्टी सचिवालयको गतबिहीबारको बैठकले कीर्तिपुरमा पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो ।
सत्तारुढ दलकै भवन ललिता निवास जग्गा कांडमा मुछिएका व्यापारीको प्रत्यक्ष लगानी र सहयोगमा बनाउने निर्णयबारे एमाले भित्र अन्य नेताहरू पनि असन्तुष्ट छन् । यसै क्रममा स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले भने सोमबार सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो धारणा बाहिर सार्बजनिक गरेकी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0