धादिङ । पाकेकाे धान भित्र्याउने वेलामा परेकाे बेमौसमी बर्षाले किसान चिन्तित वनेका छन् । “तिहार अगाडि नै काटेकाे धान खेतमा छ । पानी परेर सबै भिजायाे । अब पानी नराेकिए धान खेतमै उम्रन्छ ” धादिङ नीलकण्ठ नगरपालिका वडा नं १० का किसान नर वहादुर गुरूङले भन्नू भयाे ।
धादिङवेसि लगायत आसपासकाे किसानकाे खेतमा धान पाकेकाे छ । वाली भित्र्याउने बेला परेकाे पानीले किसान खुसी छैन्न् ।
देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
अहिले देशको पहाडी भू-भागमा हल्का देखि मध्यम वर्षा भईरहेकाे छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
मंगलवार देखि भने माैसममा सुधार आउने माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।






