धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा अवस्थित आमाकाे माया छात्रवासमा रहेका अनाथ विद्यार्थीहरूलाई “वडा अध्यक्ष अक्षयकाेष” नीलकण्ठ – ३ ले विविध सामग्री तथा आँखा शिविर सम्पन्न गरेकाे छ ।
नीलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ द्वारा स्थापित “वडा अध्यक्ष अक्षयकाेषले आज एक कार्यक्रमकाे आयाेजना गरि ट्रयाक सुट शैक्षिक सामग्री वितरण गरिएकाे हाे । उक्त कार्यक्रममा छात्रावासका विद्यार्थीहरूकाे आँखाकाे जाँच समेत गरीएकाे थियाे ।
उक्त अक्षयकोषले यस अघि पनि नमुना बाैद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालय, स्वावलम्वी बहिरा आधारभूत विद्यालय लगायत अन्य गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई पनि शैक्षिक सामग्री वितरण गरिसकेकाे छ ।






