धादिङ, चैत्र ६ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि धादिङमा सम्पूर्ण तयारी पूरा भएको छ। शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रशासकीय प्रमुख भुमीलाल शर्मा सुवेदीका अनुसार जिल्लाभरका सामुदायिक र संस्थागत विद्यालय गरी ५ हजार ४सय ७५ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

शैक्षिक वर्गीकरणअनुसार सामुदायिक विद्यालयतर्फ ५हजार ९४ विद्यार्थी, संस्थागत विद्यालयतर्फ ३सय  ८१ विद्यार्थी तथा प्राविधिक धारतर्फ १सय ६४ विद्यार्थीले परीक्षा दिनेछन्।

यस वर्ष परीक्षाका लागि २४ परीक्षा केन्द्र तोकिएको छ। परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका केन्द्रहरूमा पु‍र्‍याइसकिएको छ भने प्रश्नपत्रहरू परीक्षा केन्द्र नजिकै रहेका प्रहरी चौकीमा सुरक्षित रूपमा राखिएको छ। सुवेदीका अनुसार, परीक्षाको सुचारु व्यवस्थापन सुनिश्चित गर्न सम्पूर्ण तयारी पूरा भइसकेको छ।

एसईई परीक्षा भोलि, चैत्र ७ गतेदेखि सुरु हुँदैछ। परीक्षा स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सञ्चालन गर्न शिक्षा विकास तथा समन्वय इकाई धादिङले सम्पूर्ण संयन्त्र परिचालन गरेको सुवेदीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0