धादिङ, साउन ३ —
लोकप्रिय अनलाइन समाचार पोर्टल होराइजन खबर डट कम ले आफ्नो चौथो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। शुक्रबार धादिङको सदरमुकाममा आयोजित विशेष समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सांसद शालिकराम जमरकट्टेलले सञ्चार क्षेत्रले समाज परिवर्तनमा खेलेको भूमिकाबारे चर्चा गर्दै होराइजन खबरले स्थानीय विषयवस्तुलाई प्राथमिकता दिँदै जनताको आवाज उठाउने महत्वपूर्ण कार्य गरिरहेको बताए। “यस्ता माध्यमहरू समाजका लागि ऐना हुन्,” उनले भने।
![]()
विशिष्ट अतिथि त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले स्थानीय सञ्चारको विकास र प्रभावबारे बोल्दै यस्ता संस्थाहरूलाई सबल र स्थायी बनाउनेतर्फ सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले पनि कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पत्रकारिताको आचारसंहिता, चुनौती र अवसरबारे चर्चा गरे। उनले निष्पक्ष र सत्य सूचना सम्प्रेषणमा होराइजन खबरको भूमिका सराहनीय रहेको उल्लेख गरे।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता तथा नागरिक समाजका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति थियो।






