काठमाडौं, साउन १ — आर्थिक वर्ष २०८२/०८३ मा नेपाल सरकारका विभिन्न सेवा समूहमा कार्यरत २२११ जना सचिव, सह-सचिव तथा अन्य तहका कर्मचारीहरू अवकाश पाउने भएका छन्।
राष्ट्रिय किताबखानाले २०८२ साउन १ गते (मिति २०८२/०४/०१) जारी गरेको सूचनामा अवकाश पाउने कर्मचारीहरूको विवरण सार्वजनिक गरिएको हो। किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलद्वारा हस्ताक्षरित सूचनामा अनुसार निजामती सेवा, शिक्षा सेवा, स्वास्थ्य सेवा, प्राविधिक सेवा लगायतका विभिन्न समूहमा कार्यरत कर्मचारीहरू निर्धारित उमेर हदका आधारमा अवकाश हुन लागेका हुन्।
सरकारी सेवाबाट स्वेच्छिक वा अनिवार्य अवकाश पाउनेहरूलाई सेवा सुविधा व्यवस्थापनका लागि सम्बन्धित निकायहरूले आवश्यक प्रक्रिया अघि बढाइसकेको सूचनामा उल्लेख छ।
अवकाश पाउनेहरूको नाम, पद, कार्यरत निकाय तथा सेवा समूहसमेत उल्लेख गरी राष्ट्रिय किताबखानाले छुट्टै सूची प्रकाशन गरेको छ।






