धादिङ, साउन ४ – हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मौसमी प्रणाली सक्रिय भई वर्षासँगै मेघगर्जन, चट्याङ र हावाहुरी भइरहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मौसम प्रणाली दक्षिण पश्चिम दिशातर्फ विस्तार भइरहेकोले ती प्रदेश तथा आसपासका क्षेत्रहरूमा थप वर्षाको सम्भावना रहेको छ। हल्का देखि मध्यम वर्षासहित कतिपय स्थानहरूमा असिना र चट्याङ पनि पर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

“मौसम प्रणालीको प्रभावले बाढीपहिरोको जोखिम समेत रहन सक्छ,” महाशाखाले जनाएको छ, “त्यसैले नदी किनार, डाँडाकाँडा तथा संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनु आवश्यक छ।”

सावधानीका लागि महाशाखाले स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायहरूसँग समन्वय गरी पूर्वतयारी अवस्थामा रहन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0