शनिबार, २१ कार्तिक २०८३

SDA चर्च नेपालद्वारा २ सय घरधुरीलाई निःशुल्क झुल वितरण

३० पटक पढिएको
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

सर्लाही,  संवाददाता

Seventh Day Adventist (SDA) चर्च नेपालले सर्लाही जिल्लाको विजयपुर नगरपालिका–८ र ९ मा रहेका दुई बस्ती—खोरिया टोल र लक्ष्मीनिया टोल—का करिब २ सय घरधुरीलाई निःशुल्क झुल वितरण गरेको छ।

गर्मी यामसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु र मलेरिया रोगको जोखिम बढेको सन्दर्भमा जनस्वास्थ्य सुरक्षा अभियानस्वरूप झुल वितरण गरिएको हो। कार्यक्रम SDA चर्च नेपालका केन्द्रीय अध्यक्ष तथा संस्थाका निर्देशक पास्टर डा. सिलास दिन दियलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

झुल वितरण गर्दै अध्यक्ष डा. दियलले लामखुट्टेको टोकाइबाट हुने डेंगु, मलेरिया जस्ता रोगहरूले ज्यानै जाने खतरा रहने हुँदा बचावका उपायस्वरूप यस्ता सामग्री वितरण गरिएको जानकारी दिनुभयो। उहाँले SDA चर्च नेपालको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरू निरन्तर भइरहेका र भविष्यमा पनि जारी रहने बताउनुभयो।

SDA चर्च नेपालले विगतमा पनि बाढी, पहिरो, भूकम्प, कोरोना महामारीजस्ता आपत्कालीन अवस्थाहरूमा राहत, सहयोग र प्रार्थना अभियान सञ्चालन गर्दै आएको छ। साथै समाजका दु:खी, गरिब तथा पछाडि पारिएका बालबालिकाहरूलाई शिक्षा पहुँच गराउने कार्यमा पनि चर्च सक्रिय रहँदै आएको छ।

SDA चर्च नेपालको नीति नै आत्मिक र सामाजिक सेवामा समर्पित हुने भएकाले देशका विभिन्न संकटको समयमा सहयोगको हात फैलाइरहेको चर्चको भनाइ छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।