हेटौंडा, ५पौष२०८२, सेभेन्थ–डे एड्भेन्टिस्ट (SDA) चर्च नेपालले हेटौंडा उपमहानगरपालिका–१५ सिखरपानीमा सञ्चालन गरेको स्वास्थ्य शिविर तथा सुसमाचारिय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पौष ३ देखि ५ गतेसम्म चलेको उक्त कार्यक्रम अत्यन्तै आशीर्वादमय र प्रभावकारी रहेको SDA चर्च नेपालका केन्द्रीय अध्यक्ष एवं निर्देशक डा. सिलास दीन–दयालले जानकारी दिनुभएको छ।
उक्त कार्यक्रममा स्थानीय समुदायका नागरिकलाई निःशुल्क स्वास्थ्य परामर्श, प्रेसर र सुगरजस्ता रोगहरूको परीक्षण तथा आवश्यक स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो। साथै निःशुल्क औषधि वितरण गर्दै सुसमाचारको सन्देशमार्फत आत्मिक जागरण गराउने उद्देश्य राखिएको थियो।
कार्यक्रममा विभिन्न वर्गका करिब २०० जना भन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका थिए। सहभागीहरूले शारीरिक स्वास्थ्यसँगै आत्मिक रूपमा समेत लाभ प्राप्त भएको प्रतिक्रिया दिएका छन्।
स्वास्थ्य शिविर तथा सुसमाचारिय कार्यक्रममा SDA चर्च नेपालका केन्द्रीय अध्यक्ष एवं निर्देशक डा. सिलास दीन–दयाल, बागमती प्रदेश अध्यक्ष रेभरेन्ड पास्टर समुएल शर्मा, बागमती प्रदेश प्रमुख सल्लाहकार रेभरेन्ड पास्टर जीवन शाहसहित विभिन्न चर्चका पास्टर, विश्वासी तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
SDA चर्च नेपालले भविष्यमा पनि समुदाय–केन्द्रित स्वास्थ्य तथा सुसमाचारिय कार्यक्रमहरूलाई निरन्तरता दिने योजना रहेको डा. दीन–दयालले बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0