ईश्वर थापा मगर
धादिङबेसी, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको चौथो बैठक तथा दोस्रो अधिवेशन शनिबार धादिङबेसीमा सम्पन्न भएको छ। अधिवेशनले कार्यसमितिका लागि तीन सदस्य सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
नीलकण्ठ नगरपालिका संरक्षक रहेको प्रतिष्ठानको निर्वाचित सदस्यहरूमा बद्रीप्रसाद दाहाल, हरि सुनार र कल्पना अधिकारी रहेका छन्। प्रतिष्ठानमा कुल ४९ जना परिषद् सदस्य रहने व्यवस्था छ।
प्रतिष्ठानको विधानअनुसार अधिवेशनबाट तीन सदस्य निर्वाचित हुने, नीलकण्ठ नगरपालिकाबाट तीन सदस्य मनोनित हुने र एक जना परिषद् सदस्य–सचिव रहने गरी सात सदस्यीय कार्यसमिति रहने प्रावधान छ।
नीलकण्ठ नगरपालिकाले स्थानीय कला, साहित्य, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नीलकण्ठ प्रज्ञा–प्रतिष्ठान ऐन, २०७९ जारी गरी यो संस्था स्थापना गरेको हो। प्रतिष्ठानले विगत तीन वर्षदेखि स्थानीय बौद्धिक अभ्यास, सिर्जना तथा ऐतिहासिक सम्पदाको अभिलेखीकरणमा निरन्तर काम गर्दै आएको छ।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न, तीन सदस्य निर्वाचित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






