धादिङ , २ असार २०८३

लभ यू प्रधानमन्त्री!!
ढुक्क हुनुहोस्!!

आमा ! भोक लाग्यो !
ढुक्क हौ बाबु! हाम्रो प्रधानमन्त्री छन्!

दूधको भुक्तानी खै त ?
रासायनिक मल खैत ?
ढुक्क हुनुहोस् प्रधानमन्त्री छन्!

ऊर्जा महँगो भयो!
ढुक्क हुनुहोस् प्रधानमन्त्री छन्!

सुस्तामा भारतीय फौज छिर्यो
हाम्रो आकासमा विदेशी सेनाको हेलिकप्टर!
ढुक्क हुनुहोस् प्रधानमन्त्री छन्!

९३ वटा चिया उद्योग बन्द भयो !
ढुक्क हुनुहोस् प्रधानमन्त्री छन्!

कहाँ छन् त प्रधानमन्त्री?
ढुक्क हुनुहोस् पाँच बर्ष!
प्रधानमन्त्री छन् !
कहाँ छन् त !!

छन् नि !
सामाजिक सञ्जालमा !
फेसबुकमा!
एक्समा!
टीकटकमा!

कालो चसमामा!
कालोकोटमा !
कहिले सेतो जुत्तामा
सेतो टिसर्ट र पाइन्टमा!

चीज खादै
चिया पिउँदै
देश बनाउने विद्वान र विदुषीहरू सँगै
गोल्ड स्टार जुत्ता लगाएर!

आहा! क्या स्टाइलिस!
क्या दामी लुक्स!
युवाहरूको दिलका धड्कन!
युवाहरूको आइकन !
हाम्रा प्रधानमन्त्री!
राम्रा प्रधानमन्त्री!
आमा!
उनले देश बनाउँछन्
कसम ! सूर्जे दाइले भनेको!!
म‌त पाँच बर्ष ढुक्क छु!
तपाईं पनि ढुक्क हुनुहोस्!
प्रधानमन्त्री छन्!
देश बनाउने टोली सहित !!
देख्नु भयो?
उकै फेसबुकमा ट्रिनिटी तस्वीर!!
ढुक्क हुनुहोस्!
प्रधानमन्त्री छन्!
हाम्रा प्रधानमन्त्री!
लभ यु!! प्रधानमन्त्री!!
जय हनुमान!!
केशव दुवाडी
धादिङ!!
२०८३/०३/०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0