धादिङ -१६ असार २०८३, नेपाली लोकसंगीतको मौलिक स्वाद बोकेको नयाँ लोकभाका ‘कमल फुल्यो हिलैमा’ सार्वजनिक गरिएको छ। गोधुली सांस्कृतिक परिवारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले मौलिक लोकसंस्कृति र परम्परागत भाकालाई समेट्दै दर्शक तथा श्रोतामाझ प्रवेश गरेको हो।
गीतमा हरि पाटा मगर, गणेश शाक्य र निर्मला थापा मगरको सुमधुर स्वर रहेको छ। गीतका शब्द गणेश शाक्यले सिर्जना गरेका हुन् भने लय हरि पाटा मगरले तयार गरेका छन्।
गीतको सङ्गीत संयोजन (एरेन्ज) जुजु गरुङ्गले गरेका छन्। त्यसैगरी मिक्सिङ तथा मास्टरिङको काम गौरब गिरीले सुमधुर स्टुडियोमा सम्पन्न गरेका हुन्।
म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशन चित्र मास्की मगरले गरेका छन् भने भिडियो अपलोड तथा प्राविधिक सहयोग दिनेश आले मगरले प्रदान गरेका छन् भने छायांकन रविन्द्र वरालले गरेका छन् ।
मौलिक नेपाली लोकभाकाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ तयार गरिएको ‘कमल फुल्यो हिलैमा’ले लोकसंगीतप्रेमी श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल र युट्युबमा सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
हरि पाटा मगरको ‘कमल फुल्यो हिलैमा’ लोकभाका सार्वजनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1






