सोमवार, ७ मंसिर २०८३

धादिङमा फुर्केखोलाको बेलीब्रिजबारे जनप्रतिनिधिबीच मतभेद, नागरिकले कहिलेसम्म भोग्ने सास्ती?

३ पटक पढिएको
१ सेयर
WhatsApp Viber X
२ मिनेट पढाइ
अक्षर:

धादिङमा बिबादै बिबाद ,

फुर्केखोलाको बेलीब्रिजबारे जनप्रतिनिधिबीच मतभेद, नागरिकले कहिलेसम्म भोग्ने सास्ती? यो गम्भीर चासोको बिषय हो । हिजो मंसिर ६ गते धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको २७ औं स्थापना दिवसको अवशरमा भएको कार्यक्रममा
धादिङको फुर्केखोलामा बेलीब्रिज निर्माण गर्ने विषयमा संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका प्रमुखहरूबीच फरक–फरक धारणा र आरोप–प्रत्यारोप देखिँदै आएको र आज पनि दोहोरी  चलेको हो ।

संघीय सांसद बोधनारायण श्रेष्ठले फुर्केखोलामा ९२ मिटरभन्दा लामो दूरी भएकाले बेलीब्रिज राख्न असम्भव रहेको बताउदै आएका छन भने प्रदेश सांसद गोविन्द लम्सालले भने इच्छा र चाहना हुनेले काम गरेर देखाउन सक्ने धारणा राख्दै आएका छन्। धादिङका स्थानीय तहका प्रमुखहरूले पनि पुल निर्माणका लागि प्रयास गर्ने बताउँदै आएको र पन्टुन पुल हाल्न थलेका छन तर पनि अहिलेसम्म ठोस र दीर्घकालीन प्रयास हुन सकेको देखिँदैन।
जबकि छिमेकी रसुवाको बेत्रावतीमा ७३.२ मिटर लामो बेलीब्रिज नदीका दुवै किनारमा संरचना राखेर निर्माण गरिएको छ र त्यसबाट यातायात सञ्चालन भइरहेको छ। यता नुवाकोटको ढुङ्गेदेखि पावरहाउस जाने स्थानमा पनि करिब ७० मिटर लामो बेलीब्रिज नदी साँघुरो बनाई ह्युमपाईप र जाली भरेर विदुर नगरपालिकाकै स्रोतबाट निर्माण भइरहेको छ। करिब ३ करोड ७७ लाख रुपैयाँ लागतमा निर्माणाधीन उक्त पुलको काम सम्पन्न हुने चरणमा पुगेको छ। छिमेकी जिल्लामा स्थानीय स्रोत र पहलबाट बेलीब्रिज निर्माण गरी यातायात सञ्चालन गर्न सकिने, तर धादिङमा भने ९२ मिटर दूरीको विषयलाई लिएर विवादमै अल्झिरहनुपर्ने अवस्था किन? धादिङका लागि अहिले पहिलो प्राथमिकता फुर्केखोलामा बेलीब्रिज निर्माण गरी तत्काल यातायात सञ्चालन गर्नु हो भने दोस्रो प्राथमिकता स्थायी पक्की पुल निर्माण गर्नु हो।
जनप्रतिनिधिहरूबीच आरोप–प्रत्यारोप र असम्भव–सम्भवका तर्क चलिरहने, तर नागरिकले दैनिक सास्ती खेपिरहनुपर्ने अवस्था कहिलेसम्म? धादिङवासीले भाषण र आश्वासन होइन, तत्काल आवागमन सहज हुने गरी पुल चाहेका छन्। आखिर धादिङका नागरिकलाई कहिलेसम्म यस्तो सास्ती दिने? आम नागरिकको भयङ्कर प्रश्न छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।