धादिङ:- परम्परागत रूपमा फिरी लगाउने चलन धादिङमा पछिल्लो समय लोपहुदै गएको छ । नेपाली लोक बाजा फिरी (जरायोको सिङबाट बनेको) बजाएर चैत र कात्तिक महिनामा घरघरमा गएर फिरी लगाउने परम्परा वर्षाैदेखिको हो । फिरी लगाएमा घरको रक्षा हुने र भूत नआउने जनविश्वास छ । फिरी लगाउने व्यक्तिहरुलाई फिरी लगाउने घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यु लगायत दान दिने परम्परा छ ।
रातको समयमा फिरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा संकलन गरी योगीहरुले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । गोरखनाथको भक्तका रूपमा चिनाउने योगीले फिरी लगाएर मन्त्रपाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जनविश्वास छ ।
अहिलेका पुस्ताले कान चिरेर कानमा कानफटा लगाउन रूचि नदिनु र मन्त्रपाठमा ध्यान गर्न नचाहनुले संस्कृति हराउदै गएको नीलकण्ठ नगरपालिका- ८ का कृष्ण बहादुर पैडेलले बताउनु भयो ।
फिरी लगाउने परम्मपरा धार्मिक विश्वाससँग जोडिएको छ । तर फिरी लगाएर मात्रै यो समुदाय माथि उठ्न सक्ने अवस्था छैन । फिरी लगाउने योगी, जोगी समुदायलाई अन्य माध्यमबाट आर्थिक, सामाजिक र शैक्षिकस्तरमा सबल बनाउनु पर्ने त्रिकोण खवर डटकमका प्रधानसम्पादक अधिबक्ता कृष्णराज अधिकारीले बताउनु भयो ।
धार्मिक आस्थासँगै जोडिएको फिरी लगाउने परम्परा वर्षोदेखि जोगी , योगीहरुले निरन्तरता दिदै आएका छन् । युवा पुस्ताले भने फिरी लगाउन पेशामा त्यति धेरै चासो देखाएका छैनन् । त्यसैले आफूहरु नरहेपछि यो परम्परालाई कस्ले निरन्तरता देला भन्ने चिन्ता जोगीहरुलाई छ ।
https://youtu.be/kB7TOfgadsc






