धादिङ :- धादिङ जिल्ला त्रिपुराशुन्दरी गाउँपालिका वडा नं २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार धादिङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ३३४ जनाको मुटु जाँच गरिएकोमा १५८ जनाको ईसिजी तथा ३४ जनाको ईको गरिएको छ भने, सवैको रक्तचाप तथा सुगर परिक्षण गरि आवस्यक ओैषधि समेत निशुल्क वितरण भएको छ । शिविरमा चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा. शंकर लौडारीको नेतृत्वमा उपस्थित चिकित्सक टोलीले सेवा पुर्याएको थियो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङ तथा त्रिपुराशुन्दरी गाउँपालिकाको आयोजना , चितवन मुटु अस्पतालको प्राविधिक
चिकत्सकिय सहयोग तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान बागमति प्रदेश समिति तथा चितवन शाखाको संयोजनमा शिविर संचालन भएको हो ।
शिविरमा त्रिपुराशुन्दरी गाउपालिकाका सवै वडाका स्वास्थ्य केन्द्रबाट मुटुरोग सम्वन्धी समस्या भएकाहरुलाई लक्ष्यित गरेर सहभागि बोलाईएको थियो । कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेति, प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारका अध्यक्ष तथा वडा नं.२ का अध्यक्ष कृष्ण खत्रि नेपाल हृदयरोग निवारण प्रतिष्ठान बागमति प्रदेश समितिका संयोजक भोजराज कौडेल, सचिव लिलाराज खरेल नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवन शाखाका सभापति अशोक अधिकारीको उपस्थिति रहेको थियो ।
मुटुरोग सम्वन्धी यस्ता निःशुल्क शिविर शहरी क्षेत्रमा मात्र हुनेगरेकोले नेपाल हृदयरोग निवारण प्रतिषठान धादिङ शाखाले पहिलो पटक ग्रामिण भेगमा संचालन गरिएको हो । ग्रामिण भेगमा समेत मुटुरोगी अत्यधिक रुपमा रहेकोले नसर्ने रोग सम्वन्धी सचेतना वढाउनु पर्ने नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य तथा धादिङ शाखाका सभापति राजकुमार श्रेष्ठले वताउनु भयो ।
निःशुल्क मुटु जाँच शिविर सम्पन्न , ३३४ जनाको गरियाे मुटु जाँच
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






