धादिङ । बाैद्धिक अपांगताका अभिभावक संघ, नीलकण्ठ -३,शान्तिटार धादिङको १५ अाै बार्षिक साधारणसभा संस्थाकाे आफ्नै भवनकाे सभाहलमा सम्पन्न भएकाे छ ।

संस्थाकाे विशेष पहलमा जिल्ला भित्रका तथा बाहिरका गरि ३१ जना बाैद्धिक अपांगता भएका बालबालिकाहरूलाई आवासीयरूपमा राखी शिक्षा दिईरहेकाे छ । यस्ता बालबालिकाहरूलाई शिक्षाकाे साथ साथै सिपमुलक तालिम दिई व्यस्त जीवन बनाउने उद्देश्यका साथ तिनका अभिभावकलाई समेत विभिन्न सीप मुलक तालिमकाे आयाेजना गरि आत्मनिर्भर बनाउने भावी कार्यक्रममा समेटिएको छ ।

कार्यक्रमकाे सभापतिमा संस्थाका अध्यक्ष गर्भेबहादुर मिझारले गर्नु भएकाे थियाे भने अतिथिहरूमा दिपा फाउनडेसनका प्रतिनिधि तथा भवन निर्माण कार्यमा विशेष भुमिका निर्वाह गर्ने नीलकझ न पा  वडा नम्बर १२ का वडा सदस्य गाेविन्द सापकाेटा, यसै संस्थाका पूर्व अध्यक्ष केशवराज रिजाल,  संस्थापक सदस्य गाेपाल कुमार श्रेष्ठ लगायत अन्य अन्य अभिभावक तथा विद्यार्थीहरूकाे सहभागीता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0