धादिङ ।नेपाल तामाङ संघ जिल्ला समिति धादिङकाे प्रथम अधिवेशन सम्पन्न भएकाे छ ।
शनिवार धादिङवेसीमा आयाेजित कार्यक्रम नेपाली काँग्रेसकाे भातृ संस्था नेपाल तामाङ संघ धादिङकाे पहिलाे अधिवेशनले अम्बर पाख्रिन तामाङ काे अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेकाे नेपाल तामाङ संघ धादिङका अध्यक्ष अम्बर बहादुर तामाङ ले बताए ।
जिल्ला कार्यसमितिकाे विवरण
१ अध्यक्ष :- अ्म्बर पाख्रिन तामाङ
२ उपाध्यक्ष :- सिता तामाङ
३ उपाध्यक्ष :- चालमान तामाङ
४ सचिव :- ताराबिर तामाङ
५ सहसचिव :- नवराज तामाङ
६ काेषाध्यक्ष:-
७ सदस्यहरू
मर्कश तामाङ
निरमाया तामाङ
मेन लामा
राम बहादुर तामाङ
वसन्ती तामाङ
मंगूली मम्बा तामाङ
सरिता तामाङ
नेपालकाे लाेकतान्त्रिक आन्दाेलनकाे तामाङ समुदायकाे भुमिका अहम रहेकाे वताउदै आफुले धादिङकाे जुनसुकै क्षेत्र र भुभागवाट आएकाे भएपनि नीलकण्ठ नगरपालिकाले निशुल्क शिक्षाकाे व्यवस्था गरेकाे नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले वताउनुभयाे ।
जातिय संस्थाहरूलाई वजसम्म ल्याउन सकिन्न तब सम्म काँग्रेस लाेकतान्त्रिक हुन नसक्ने भएकाले नेपाल मगर संघ, तामाङ संघ जस्ता जातिय भातृ संस्थाहरू स्थापना गरेकाे नेपाली काँग्रेस धादिङका पुर्वसभापति रमेश धमलाले वताउनुभयाे ।
जब सम्म महिलाहरू सशक्त हुदैन तवसम्म राजनैतिक सामाजिक र आर्थिक रूपमा सशक्त हुन सक्दैन । संविधानमा नै आदिवासी जनजातीकाे अधिकारकाे विषयमा किटान गर्नुपर्ने नेत्रावती डवजाेङ गाउपालिकाका उपाध्यक्ष सितामाया चाेदेनले वताउनु भयाे ।
नेपाल तामाङ संघ जिल्ला तदर्थ समितका अध्यक्ष अम्बर बहादुर तामाङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिन तामाङकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
त्यसै गरि नेपाली काँग्रेस धादिङका पुर्वसभापति रमेश धमला, बागमति प्रदेश सभाका सांसदद्वय गाेविन्द लम्साल, शिवराज अधिकारी, नेपाली काँग्रेस धादिङका सचिव बिकास श्रेष्ठ , नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गाना, गंगाजमुना गाउपालिकाका प्रमुख भक्त लामा, खनियावास गाँउपालिकाका प्रमुख रण बहादुर तामाङ, नेत्रावति डाेवजाेङ गाँउपालिकाका प्रमुख मेघनाथ रिजाल, उपप्रमुख सिता माया चाेदेन, लाेकतान्त्रिक आदिवासी जनजाती महासंघका सभापति राजु पाख्रिन लगायतकाे विशेष आतिथ्यता रहेकाे थियाे ।






