असाेज १४ २०८२ धादिङ ,

आज महाअष्टमी अर्थात् बडा दशैकाे आठाै दिन देश भरका विभिन्न शक्तिपिठहरूमा दुर्गा भवानिकाे पुजा अाराधना गरि मनाईदै छ ।
देशभरका शक्तिपिठ दशैघर र काेतहरूमा वलि सहित दुर्गा सप्तर्षि पाठ गर्ने प्रचलन छ ।
धादिङ जिल्लाकाे नीलकण्ठ नगरपालिका वडा नं ६ मा रहेकाे भैरवि मन्दिर,त्रिपुरासुन्दरी गाँउपालिकामा रहेकाे त्रिपुरा भगवती मन्दिर,मैदिकाेट , गल्छी गाँउपालिकामा रहेकाे रणकालिका मन्दिर लगायतका शक्तिपिठहरूमा पशुवलि सहित पुजाअर्चना गर्ने गरिन्छ ।
किसानले फलामे औजारको पूजा गर्छन् । यस्तै, सवारीधनीहरुले आफ्ना साधनलाई बलिसहित पूजा गर्छन् । पशुवलि नदिनेहरूले कुभिन्डाे, घेराैला , मुला लगायतकाे तरकारी बलिदिने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0