धादिङ । यो धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित रणकालिका मन्दिर हो । बि स १२०० मा यस रणकालिका मन्दिरको स्थापना भएको पार्इन्छ । यस भन्दा अगाडी किराञ्चोक कालिका नामले प्रख्यात यो मन्दिर एक ऐतिहासिक धार्मिक स्थलको रुपमा परिचित छ ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस रणकालिका मन्दिर आज भन्दा ३०० वर्ष अगाडि पृथ्वीनारायण शाहले नेपालको एकीकरणको अभियानमा सहभागी हुन जाँदा यस मन्दिरमा आएर आशीर्वाद मागेको र युद्धमा सरिक हुँदा सफल भएको किम्बदन्ती छ । यसै स्थानमा आर्इ बास बसेको र देवीको आशिर्वाद लिर्इ रण भुमिमा गएको कारण पनि यो मन्दिरको नाम रणकालिका हुन गएको रणकालिका मन्दिर व्यावस्थापन समितिका अध्यक्ष शकर बहादुर भण्डारीले बताउनु भयो ।
दैनिक पुजारीहरु द्धारा नित्य पुजा गर्ने गरिए पनि हरेक बर्ष धान्यपूणिमाको दिन बिषेश मेला लाग्ने गरिन्छ ।
गल्छी गाउँपालिका वडा नं. ४ स्थित श्री रणकालिका मन्दिर परिसरलाई धार्मिक, ऐतिहासिकका अलवा पर्यटकीय स्थलको रुपमा राष्ट्रिय स्तरको चिनाउने उदेश्य सहित रणकालिका मन्दिर संरक्षण समिति निरन्तर लागिरहेको छ | यसका निमित्त न्युनतम पूर्वाधार बिकास, त्यसको संरक्षण, मन्दिर परिसरको सरसफाई ,पुजारी ब्यबस्थापन लगाएत अन्य नियमित हुने खर्चका निमित्त हाल दान- दक्षिणा मार्फत जम्मा भएको रकमबाट निरन्तरता पाईरहेको छ |
धादिङ जिल्लाको गल्छि गाउपालिका वडा न ४ मा पर्ने यो मन्दिर पुग्न मासटारवाट ६ किलो मिटर र महेश दोभानबाट १० किलो मिटर उकालो हिडेपछि पुग्न सकिन्छ ।






