काठमान्डौ ।  भारतको उत्तराखण्डमा आइतबार बिहान चारधाम तीर्थयात्राका क्रममा फेरि एक हेलिकप्टर दुर्घटनामा परी सात जनाको ज्यान गएको छ। दुर्घटना गौरीकुण्ड नजिकै, केदारनाथ धामबाट फाटातर्फ जाने क्रममा भएको भारतीय अधिकारीहरूले जनाएका छन्।

दुर्घटनामा हेलिकप्टरका पाइलटसहित सातै जना यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ। प्रारम्भिक अनुसन्धानमा खराब मौसमलाई दुर्घटनाको सम्भावित कारण मानिएको छ।

दुर्घटनाको जानकारी पाउनासाथ राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF) र राज्य विपद् प्रतिक्रिया बल (SDRF) का टोलीहरू घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेका थिए। घटनास्थलको ५०० मिटर वरपरको क्षेत्रमा निषेधाज्ञा लगाएर उद्धार तथा अनुसन्धान कार्य अघि बढाइएको हो।

सबै मृतकको शव संकलन गरी जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। पोस्टमार्टमपश्चात शवहरू पीडितका आफन्तलाई जिम्मा दिइने जनाइएको छ।

उत्तराखण्ड राज्य प्रशासनले घटनाको विस्तृत छानबिन गर्न आदेश दिएको छ। छानबिन प्रतिवेदनपछि मात्रै दुर्घटनाको यथार्थ कारणबारे स्पष्ट जानकारी प्राप्त हुने अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0