बिश्वास सिलवाल ,धादिङ ,२०८३ मंसिर ३ गते
आफ्नै रुचि, मेहनत र संघर्षबाट छुट्टै पहिचान बनाउन सफल धादिङका बिशाल गुरुङ (चिमसे ब्लग) पछिल्लो समय आफ्नो फरक शैलीको बाइक राइडिङका कारण चर्चामा छन्।
बाइकको एउटा मात्रै ह्यान्डल राखेर समुद्री सतहबाट करिब ३ हजार ८५० मिटर उचाइमा रहेको रुबी भ्यालीको पासाङसम्म साहसिक यात्रा गरेका बिशालले आफ्नो राइडिङमार्फत धादिङलाई चिनाउँदै आएका छन्। उनको यो फरक शैलीको यात्राले धेरैको ध्यान आकर्षित गरेको छ।
बाइक राइडिङसँगै ब्लगिङमा सक्रिय बिशालले सामाजिक सञ्जालमार्फत आफ्ना यात्रा, अनुभव र धादिङका विभिन्न पर्यटकीय क्षेत्रहरूलाई दर्शकमाझ पुर्याउँदै आएका छन्। उनले सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङसमेत बनाएका छन्।
बिशालले धादिङको सिरान बजारमा आफ्नै बाइक ग्यारेजसमेत सञ्चालन गर्दै आएका छन्। राइडिङ, ब्लगिङ र आफ्नै व्यवसायलाई सँगसँगै अघि बढाइरहेका उनी युवापुस्ताका लागि आफ्नै रुचि र मेहनतबाट पनि छुट्टै पहिचान बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्।









तपाईंको प्रतिक्रिया
Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।