धादिङ । ग्रामीण क्षेत्रमा रहेर उत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई दिईने ‘निक साईमन्स अवार्ड – २०२४’ यसपटक जनस्वास्थ्य निरीक्षक ज्वालामुखी गाउँपालिकाका रविन थापाले प्राप्त गरेका छन् ।

धादिङको ज्वालामुखी गाउँपालिकास्थित ढोला स्वास्थ्य चौकीमा कार्यरत थापालाई स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साईमन्स ईन्स्टिच्युटको संयुक्त आयोजनामा आज देखि काठमाडौँमा सुरु भएको १३ औँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनको उदघाटन समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रदान गरेका हुन् ।

यसअघि आयोजक संस्थाले निक साईमन्स अवार्ड – २०२४ का लागि ईच्छुक स्वास्थ्यकर्मीहरुलाई ग्रामीण क्षेत्रमा आफूले गरेको कार्यविवरण सहित आवेदन दिन सार्वजनिक सूचना जारी गरेको थियो ।सो सूचना अनुसार २५ जनाले आवेदन दिएका थिए ।

तर, अन्तिममा १७ जनाको आवेदन मात्रै छनौट गरिएको थियो ।

अवार्डका लागि नाम छनौट समितिले त्यसमध्ये पाँच जनालाई उत्कृष्ठ पाँचमा छनौट गरि अन्तिम प्रतिस्पर्धामा उतारेको थियो ।

त्यसमा थापा सहित कालिकोटका सिअहेव अमरबहादुर   सहकारी दैलेखका सि अ हे व  कमलकुमार भण्डारी, खोटाङकी अनमी गंगा दाहाल, र दार्चुलाका सि अ हे व  हरिकृष्ण जोसी परेका थिए । त्यसमध्येबाट थापा छनौट भएको आयोजकले जनाएको छ कार्यक्रममा ज्वालामुखी गाउ पालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ , नौबिसे स्वास्थ्य चौकी प्रमुख गिता भट्टको पनि सहभागिता रहेको थियो ।

तालीम केन्द्रकी निर्देशक यसोदा अर्यालको संयोजकत्वमा पाँच सदस्यीय समितिले अवार्डका लागि स्वास्थ्यकर्मी छनौट गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0