काठमान्डौ । राष्ट्रिय लोकतान्त्रिक अपांग संघ केन्द्रिय समितिको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको भातृ संस्था लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनवाट चम्लागाईं निर्वाचित भएका हुन् ।  कुल खसेको ४७० मतमा ३५१ मत चम्लागाईले प्राप्त गरेका हुन्।

गत शुक्रवारवाट सुरु अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार विकास थापाले ८८ मत प्राप्त गरेका थिए । यस्तै, उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाई समूहकै उम्मेदवार निर्वाचित भएका छन्। उनको समुहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

यस्तै, उपाध्यक्षमा नै अनिता घिमिरे गैह्रे निर्वाचित भएका छन्। उनले ३३९ मत प्राप्त गरेकी हुन्। यस्तै, महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन्। खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0