१७ पौष २०८२

बेनीघाट रोराङ , धादिङ

नेपाल निवृत्त शिक्षक समाज जिल्ला कार्य समिति धादिङको आयोजनामा आज पौष १७ गते बेनिघाट रोराङ गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ। भेला समाजका जिल्ला अध्यक्ष केशरी प्रसाद पन्तको सभापतित्वमा तथा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष **कृष्ण बहादुर थलिया (विवेक)**को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा समाजका केन्द्रीय सदस्य शालिग्राम अर्याल विशिष्ट अतिथि, प्रदेश कोषाध्यक्ष श्याम प्रसाद न्यौपाने र गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै विभिन्न अतिथि, आजीवन सदस्य तथा निवृत्त शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

भेलाले बेनिघाट रोराङ गाउँपालिका स्तरीय सात सदस्यीय तदर्थ समिति गठन गरेको छ। गठित समिति यस प्रकार रहेको छः

अध्यक्ष: बिष्णु भट्टराई

उपाध्यक्ष: नवराज पाण्डे

सचिव: हरी बहादुर भुजेल

कोषाध्यक्ष: रामहरि बिसुराल

सदस्यहरू:

१. खुलना मगर

२. रामशरण सिलवाल

३. कृष्णराज सिलवाल

कार्यक्रमको सञ्चालन समाजका सचिव योज्ञस्वर अर्यालले गर्नुभएको थियो भने स्वागत मन्तव्य समाजका उपाध्यक्ष विनोद मान श्रेष्ठले राख्नुभएको थियो।

समापन मन्तव्यका क्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष **कृष्ण बहादुर थलिया (विवेक)**ले शैक्षिक क्षेत्रमा लामो समयसम्म उर्जाशील योगदान दिएका निवृत्त शिक्षकहरू पुनः समाज सेवामा क्रियाशील रहनु प्रशंसनीय रहेको बताउनुभयो। साथै जिल्ला निवृत्त शिक्षक समाजको वार्षिक कार्यक्रमअनुसार निर्वाचन क्षेत्र नं. १ भित्रका ६२ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, पालिका प्रमुख र शिक्षा अधिकृतहरू सहित एक दिने शैक्षिक संवाद कार्यक्रम आयोजना गर्न गाउँपालिकाले प्रायोजकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त प्रतिबद्धतासँगै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0