काठमाडौं, १७ पुस । आजबाट इस्वी संवत् २०२६ सुरु भएको छ । नयाँ वर्षको अवसरमा नेपालीसहित विश्वभरका मानिसहरूले आपसमा शुभकामना आदान–प्रदान गर्दै हर्षोल्लासका साथ नयाँ वर्ष मनाइरहेका छन् ।
इस्वी संवत् इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु येशु) को सम्झनामा उनको मृत्युपछि उनका अनुयायीहरूले प्रचलनमा ल्याएका हुन् ।
हाल विश्वका अधिकांश देशहरूमा यही संवत् आधिकारिक रूपमा प्रयोग हुँदै आएको छ ।
नयाँ वर्षको आगमनसँगै मानिसहरूले विगतका अनुभवको समीक्षा गर्दै आगामी दिनहरूलाई सकारात्मक, सफल र समृद्ध बनाउने संकल्प गर्ने परम्परा रहेको छ ।






