<span;>१२ ओैं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० को अवसरमा करदाता सेवा कार्यालय गल्छिबाट धादिङ जिल्लामा बढि कर तिर्ने बैंक तथा वितिय संस्थाको तर्फबाट भैरवी बचत तथा ऋण सहकारी संस्था लि. धादिङवेसी सम्मानित भएको छ  । करदाता सेवा कार्यालय गल्छिमा धादिङ जिल्ला भित्रका बैक तथा वितिय संस्था मध्येबाट सवै भन्दा बढी आयकर भैरवी साकोस धादिङले बुझाएकोले सम्मानित भएको हो ।
<span;>कर तिर्नु कानूनी दायित्व मात्र नभई सम्मान पाउने अवसर पनि हो भन्दै कार्यालय प्रमुख शिखा वाग्लेले यस वर्ष उधोग, व्यापार, वैकं तथा वित्तिय संस्था र शिक्षण संस्था चार वटा विधामा दुई वटा जिल्लाबाट आठ वटा फर्म/कम्पनी सम्मानित हुनु भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा कर प्रणालीलाई सरल र सहज वनाउँदै लैजान सवैको साथ सहयोग र सल्लाहको लागि अनुरोध गर्नु भयो ।

<span;>गल्छि गाउँपालिकाका प्रमुखज्यूको प्रमुख आतित्थ्यता धुनीवेसी नगरपालिकाका प्रमुखको विशेष आतित्थ्यतामा भएको उक्त सम्मान कार्यक्रममा धादिङ उधोग वाणिज्य संघ र नुवाकोट उधोग वाणिज्य  संघका अध्यक्षहरुको समेत आतित्थ्यता रहेको थियो । करदाता सम्मान कार्यक्रमकै अवसरमा कार्यालयमा कार्यरत एक जना जेहेन्दार कर्मचारी नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0