धादिङ । नेकपा (एमाले) धादिङले आगामी ११‍औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत तरिकाले छनौट गरेको छ। मंसिर १२ गते बसेको बैठकले जिल्लाभरका नेताहरूबीच आपसी सहमति कायम गर्दै प्रतिनिधि छनोट गर्ने जिम्मेवारी दिएको थियो। सोही निर्णयअनुसार सर्वसम्मत प्रक्रिया अपनाएर प्रतिनिधिहरूको नामावली सार्वजनिक गरिएको हो।

निर्वाचन क्षेत्र नं. १ बाट चयन भएका प्रतिनिधि

  • भुमि त्रिपाठी

  • प्रेमनाथ सिल्वाल

  • राजेन्द्र बिक्रम बस्नेत

  • नरेश खतिवडा

  • कृष्ण पन्त

  • केदार पाठक

  • उर्मिला रेग्मी

  • उमा सिम्खडा नेपाल

  • कमला शर्मा

  • शुनिल तामाङ

निर्वाचन क्षेत्र नं. २ बाट चयन भएका प्रतिनिधि

  • अर्जुन कुमार श्रेष्ठ ‘गोर्खाली’

  • भक्त बहादुर लामीछाने

  • बाबु कृष्ण श्रेष्ठ

  • नारायण कुमार गुभाजु

  • राधिका सापकोटा

  • उगेनवती तामाङ

  • सञ्जय दुवाडी

  • धुर्व वि.क

सर्वसम्मत रूपमै प्रतिनिधि छानिएकोले जिल्ला नेतृत्वले यसलाई पार्टीभित्रको एकता र अन्तरसमन्वयको सुखद संकेतका रूपमा लिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0