आइतवार, ६ मंसिर २०८३

नीलकण्ठ बहुमुखी क्याम्पसको २७औँ स्थापना दिवसमा निःशुल्क स्वास्थ्य परीक्षण, ७६ जनाले लिए सेवा

१९ पटक पढिएको
२ सेयर
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

 

बिश्वास सिलवाल ,धादिङ बेसी ,२०८३ मंसिर ४ गते

नीलकण्ठ बहुमुखी क्याम्पसको २७औँ स्थापना दिवस तथा वार्षिक उत्सवको अवसरमा नीलकण्ठ नगरपालिका–२, ओलिडाँडामा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कुल ७६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन्। विशेषज्ञ चिकित्सक डा. दिनेश रेग्मी (MDGP), डा. अनिल गुरुङ (BDS) लगायत स्वास्थ्यकर्मीहरूले सहभागीहरूको स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श तथा औषधिसमेत वितरण गरिएको थियो।

क्याम्पस प्रमुख डा. मुरारी अधिकारीका अनुसार क्याम्पसको वार्षिक उत्सवलाई सामाजिक सेवासँग जोड्दै प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आइएको छ। उनले आगामी दिनमा पनि वार्षिक उत्सवको अवसरमा समुदायलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए।

कार्यक्रममा धादिङ अस्पतालको प्राविधिक सहयोग तथा नीलकण्ठ नगरपालिका वडा नं. २ को सह-आयोजना रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।