ईश्वर थापा मगर
धादिङ । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङका नवनियुक्त्त अध्यक्ष बद्री प्रसाद कोईरालाले आज पदभार ग्रहण गर्नु भएको छ ।
धादिङबेसी स्थित आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको कार्यालयमा शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि पदभार ग्रहण गर्नु भएको हो ।
बागमती प्रदेश सरकारले मिति २०८१ साल फागुन ११ गतेको मन्त्रिस्तरको निर्णय द्धारा नीलकण्ठ नगरपालिका वडा न ८ ससाह निवासी कोईरालालाई आयुर्वेद अस्पतालको अध्यक्षमा मनोनित गरेको थियो ।
पदभार ग्रहण गर्दै कोईरालाले आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङले १६ शैयाको अस्पताल सचालन गर्नको लागी जग्गा प्राप्त गरिसकेको अवस्थामा आफ्नो पालामा कम्तीमा डीपीआर गर्ने र भवन निमार्णकार्य थालनि गर्ने प्रतिबद्धता व्यक्त्त गर्नुभयो । आयुर्वेद सेवामा आफ्नो कुनै विज्ञाता नरहेकोले सबैको सल्लाह र परामर्श लिएर काम गर्ने बताउनुभयो ।
पदभार ग्रहण कार्यक्रमा धादिङ अस्पतालका निमित्त निर्देशक गगन अधिकारी, जनस्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख बिभु झा, आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङको कार्यालय प्रमुख अमुल्य दाहाल, आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङका कर्मचारी , पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।






