धादिङ । धादिङको बेनीघाट रोराङ गाँउपालिका वडा नं -२ ताल्तीका ३५ बर्षिय सोमलाल चेपाङ र २० बर्षिय किशोर चेपाङ अबैध लागू औषध गाँजा सहित पक्राउ परेका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका नेवारपानीबाट अवैध लागूऔषध गाँजासहित धादिङका दुई जना चेपाङ पक्राउ परेका हुन् ।
बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको गरेको लु-२ ख १७४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई करिब २० किलोग्राम अबैध लागू औषध गाँजासहित पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






