मङ्लबार, १७ कार्तिक २०८३

१०३ वर्षीय केसरी दत्त पाठकले बुझ्नुभयो सामाजिक सुरक्षा भत्ता, अझै पनि उत्तिकै सक्रिय

४० पटक पढिएको
१ सेयर
WhatsApp Viber X
२ मिनेट पढाइ
अक्षर:

बिश्वास सिलवाल ,धादिङ , सिद्धालेख गाउँ पालिका ,२०८३ कार्तिक १७ गते

उमेरले १०३ वर्ष पुगिसक्नुभएका सिद्धलेक गाउँपालिका–३, वसन्त निवासी केसरी दत्त पाठकले आज आफ्नै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्नुभएको छ। शताब्दी उमेर पार गरिसक्दा पनि उहाँको सक्रियता र आत्मनिर्भर जीवनशैली भने अझै उस्तै छ।

१०३ वर्षको उमेरमा पनि पाठक आफ्ना दैनिक काम आफैँ गर्न सक्नुहुन्छ। अझै घाँस काट्ने, हिँडडुल गर्ने र आफ्नो काम आफैँ गर्ने उहाँको सक्रियता धेरैका लागि प्रेरणादायी बनेको छ। उमेरका हिसाबले जीवनको निकै लामो यात्रा पार गरिसक्नुभएका उहाँको दैनिकीले सक्रिय जीवनशैलीको महत्त्वसमेत झल्काउँछ।

पाठकले मासिक चार हजार रुपैयाँका दरले तीन महिनाको एकमुष्ट १२ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझ्नुभएको हो।

सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज र नागरिकमैत्री बनाउने उद्देश्यले सिद्धलेक गाउँपालिकाको समन्वयमा गाउँपालिकाका विभिन्न वडामा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ। विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई भत्ता लिन टाढा जानुपर्ने बाध्यता र सास्ती कम गर्न वडास्तरमै भत्ता वितरण गरिएको हो।

यस व्यवस्थाले ज्येष्ठ नागरिक तथा अशक्त लाभग्राहीलाई भत्ता प्राप्त गर्न सहज भएको छ। यही क्रममा १०३ वर्षीय पाठकले पनि आफ्नै वडामा पुगेर आफ्नो भत्ता बुझ्नुभएको हो।

१०३ वर्षको उमेरमा पनि घाँस काट्न सक्ने, हिँडडुल गर्न सक्ने र आफ्ना दैनिक काम आफैँ गर्न सक्ने पाठकको सक्रियता उल्लेखनीय छ। उमेरले शतक पार गरे पनि उहाँले देखाउनुभएको आत्मनिर्भरता र सक्रिय जीवनशैली आफैँमा प्रशंसनीय उदाहरण बनेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।